Online Nepal
  • बुधबार, २ असोज २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमुक्त

    दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमुक्त

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 120
    SHARES

    एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् ।

    सर्वोच्च अदालतको आदेशपछि मुख्यमन्त्री केजरीवाल जेलमुक्त भएका हुन् ।



    तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् ।



    भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

    ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । सर्वोच्च अदालतले जुलाईमा जमानत दियो, तर सीआईबीले फेरि पक्राउ गर्‍यो ।

    जेलबाट बाहिर आएपछि केजरीवाल समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा भावुक भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार