Online Nepal
  • बुधबार, २ असोज २०८१
  • कांग्रेस नेता गुरुङ जोडिएको मितेरी सहकारीमाथि सीआईबीले थाल्यो अनुसन्धान

    कांग्रेस नेता गुरुङ जोडिएको मितेरी सहकारीमाथि सीआईबीले थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 153
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारी ठगीबारे कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान थालेको छ।

    उपसभापति गुरुङ र उनकी पूर्वपत्नी जोडिएको मितेरी बचत तथा ऋण सहकारी ठगीबारे सीआईबीले अनुसन्धान थालेको हो ।



    सहकारीमा रहेका कर्मचारी र सञ्चालकहरूविरुद्धमा निवेदन दर्ता गरेर प्रारम्भिक अनुसन्धान अघि बढाईएको सीआईबी स्रोतले बतायो ।



    सहकारीको पैसा अपचलन कहाँ कसरी भयो भन्ने बारेमा सीआईबीले अनुसन्धान गर्ने छ । मुख्य रूपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

    सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी गरेका थिए ।

    ठगी आरोपित मुख्य व्यक्ति ज्योति गुरुङ कांग्रेस उपसभापति एवं सांसद गुरुङकी श्रीमती हुन् । तर उपसभापति गुरुङले २०७६ सालमा सम्बन्ध विच्छेद गरेको दाबी गर्दै आएका छन् ।

    सम्बन्ध विच्छेद गरेको दाबी गरे पनि श्रीमतीको नाममा रहेको ऋण धनराजले तिर्दै आएको सहकारीका अध्यक्ष कुम्भराजले सहकारीको रकम दुरूपयोगबारे छानबिन गर्न गठित विशेष समितिलाई बताएका थिए ।

    सांसद गुरुङ सहकारी ठगीमा मुछिएपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पनि मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको थियो ।

    समितिलाई संस्थाका अध्यक्ष कुम्भराजले धनराज गुरुङले आफ्नो ठगी लुकाउन कागजी सम्बन्ध विच्छेद गरेको, १ महिना अघिसम्म पनि श्रीमतीले लिएको ऋणको किस्ता तिर्न आएको कुरा सूर्य थापासहित समितिका सदस्यहरूलाई जानकारी गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार