Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सुदूरपश्चिम प्रदेशको बजेट भदौ ३१ मा आउने

    सुदूरपश्चिम प्रदेशको बजेट भदौ ३१ मा आउने

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 111
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहले भदौ ३१ गते बजेट ल्याउने बताएका हुन्।



    मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको बताए।



    मुख्यमन्त्री शाहले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ । यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ । किनभने सदनको हामीले सम्मान गर्नु पर्दछ ।’

    प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयारी गरेको बताउँदै ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार