काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल हुने बताइएको छ ।
साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिने, राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल हुने र राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे पनि छलफल हुनेछ ।
बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर आवश्यक छलफल गर्ने पनि पार्टीको तयारी रहेको बताइएको छ ।
Leave a Reply