Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व हो : राष्ट्रपति पौडेल

    बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व हो : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 75
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

    यस वर्ष बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ मनाउन लागिएको छ ।



    बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने उनले सन्देशमा भनेका छन् ।



    नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार