Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पश्चिमा देशलाई रुसको चेतावनी – युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिनू

    पश्चिमा देशलाई रुसको चेतावनी – युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिनू

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 267
    SHARES

    एजेन्सी । रुसविरुद्ध युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन रुसले पश्चिमा देशलाई चेतावनी दिएको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन चेतावनी दिएका हुन् ।



    यदी रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने उनले बताए ।



    उनले अनुसार पश्चिमा देशमा बनेका लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू–अमेरिका र युरोपेली देश नै सहभागी भएको अर्थ लाग्नेछ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिनअघि युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार