Online Nepal
  • बुधबार, २ असोज २०८१
  • महाभियोगबारे उपसभामुखले प्रधानमन्त्रीसँग मागिन् जवाफ, ओलीले भने – हल्ला बजारमै छाडिदिनुहोस्

    महाभियोगबारे उपसभामुखले प्रधानमन्त्रीसँग मागिन् जवाफ, ओलीले भने – हल्ला बजारमै छाडिदिनुहोस्

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 354
    SHARES

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई पदबाट हटाउन हस्ताक्षर अभियान चलाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेकी छन् ।

    शुक्रबार संवैधानिक परिषद्को बैठकमा उपसभामुख रानाले आफूमाथि महाभियोग लगाउने तयारी भएको भनेर मिडियामा आएको विषयबारे जिज्ञासा राखेकी थिइन् ।



    तर प्रधानमन्त्री ओलीले बजारको हल्लामात्र भएको जवाफ फर्काएका हुन् । उपसभामुख रानाका अनुसार जवाफमा ‌ओलीले बजारको हल्लाको विषयमा चर्चा गरिरहन आवश्यक नरहेको भनेका छन् ।



    ‘मैले आफ्नो कुरा राखेँ । प्रधानमन्त्रीले ‘तपाईं संवैधानिक परिषद्को सदस्य हो । बजारको हल्लाको कुरा नगरौँ । बजारको हल्ला बजारमै छोड्दिनुस्,’ भन्नुभयो,’ बैठकपछि रानाले सञ्चारकर्मीसँग भनिन् ।

    अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर सत्तारूढ दलका नेताहरूले उपसभामुखमाथि प्रश्न उठाउँदै आएका छन् । साथै बैठकमा उनले सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्नाविरुद्ध हस्ताक्षर अभियान चलाएकोमा दुःख व्यक्त गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार