काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक भएका छन् ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले धरहरा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।
यस्तै कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट कृषि कार्यक्रमका लागि प्राप्त हुने करिब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने र वित्तिय सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ।
Leave a Reply