Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • संवैधानिक परिषदको बैठक बालुवाटारमा

    संवैधानिक परिषदको बैठक बालुवाटारमा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 246
    SHARES

    काठमाडौ । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक सुरु भएको हो ।

    बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने जनाइएको छ । बैठकमा संवैधानिक परिषदका सबै सदस्य सहभागी छन् ।



    बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डा छ।



    यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो ।

    प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार