Online Nepal
  • बुधबार, २ असोज २०८१
  • क्रिप्टो कारोबार गरेको आरोपमा ठमेलबाट दुई जना पक्राउ

    क्रिप्टो कारोबार गरेको आरोपमा ठमेलबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 210
    SHARES

    काठमाडौं । प्रहरीले अवैध क्रिप्टो कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा स्टारबोइ सोलुसनका सञ्चालकहरू गैडाकोट नवलपरासी घर भइ हाल ठमेल बस्ने २२ वर्षीय प्रज्ञान रिमाल र बागलुङ घर भइ मनमैजु बस्ने २० वर्षीय आयुष शर्मा रहेका छन् ।



    रिमाललाई ठमेलबाट र शर्मालाई मनमैजुबाट पक्राउ गरेको थियो। उनीहरूले क्रिप्टोको कारोबार गरेको खुलेपछि प्रहरीले अनुसन्धान गरी पक्राउ गरे हो ।

    उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

    उनीहरूको साथबाट केही थान मोबाइल र ल्यापटप समेत बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार