Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी , नयाँ मन्त्रीहरुले लिए शपथ

    कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी , नयाँ मन्त्रीहरुले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 171
    SHARES

    विराटनगर । सत्ता गठबन्धन बनेको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी सहभागी भएको छ ।

    कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका हुन् । प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो ।



    कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।



    यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार