Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मेरो उमेर पनि गयो, रिटायरमेन्टको बेला भइसक्यो : सभापति देउवा

    मेरो उमेर पनि गयो, रिटायरमेन्टको बेला भइसक्यो : सभापति देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 378
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी र राष्ट्रिय राजनीतिबाट ‘रिटायर’ हुन लागेको बताएका छन् ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले विभिन्न कारणले आफ्नो अवकासको समय आएको बताए ।



    ‘मेरो उमेर पनि गयो । हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ देउवाले भने, ‘भोलि हुने नेताहरूले नै चिन्ता बढी गर्नुपर्छ । मलाईभन्दा बढ्ता चिन्ता हुनुपर्छ ।’



    देउवाले पार्टी कमजोर बनाउनेहरू अझै लागिरहेको भन्दै उनीहरूलाई कमजोर पारेर कांग्रेसका थप मान्छे पार्टीमा फर्काउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार