Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • कैलालीबाट खैरो हेरोइनसहित पाँचजना पक्राउ

    कैलालीबाट खैरो हेरोइनसहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 174
    SHARES

    कैलाली । कैलालीमा लागुऔषध (खैरो हेरोइन) सहित पाँचजना पक्राउ पक्राउ परेका छन् ।

    बिहीबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बर्दगोरिया गाउँपालिका–२, बौनियागाउँ निवासी ४० वर्षीय रामबहादुर चौधरीको घरमा खानतलासी गर्दा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा ४० वर्षीय रामबहादुर चौधरी, २९ वर्षीय राधेश्याम डगौरा, २६ वर्षीय रतिराम चौधरी, २४ वर्षीय ज्ञानेन्द्र बिक, र ३० वर्षीय जनक बडुवाल रहेका छन् ।



    उनीहरुको साथबाट ४ ग्राम २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, चारवटा मोबाइल, सादा मोबाइल, डिजिटल तराजु, कैची र नगद ७ हजार ५५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार