Online Nepal
  • बुधबार, २ असोज २०८१
  • प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद् बैठक

    प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद् बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 150
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न शुक्रबार परिषद्को बैठक बस्न लागेको हो । ओलीले बुधबार बोलाएको बैठक पूर्वतयारी नभएको कारण देखाएर शुक्रबारलाई सारेका हुन् ।



    सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् ।



    संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

    यसअघि न्यायपरिषद् बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतसहित ८ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार