Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • अख्तियारद्वारा पहिलोपटक सम्पत्ती शुद्धकिरणसम्बन्धि मुद्दा दायर

    अख्तियारद्वारा पहिलोपटक सम्पत्ती शुद्धकिरणसम्बन्धि मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 492
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुरमा पनि मुद्दा चलाउन थालेको छ।

    आयोगले बिहीबार लुम्बिनी विकास कोषका तत्कालिन योजना प्रमुख सरोज भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा मुद्दा दायर गरेको छ ।



    उनले घुसवापत आमाको नाममा जग्गा लिएका थिए । भक्तपुरको गुन्डुमा आमा जनक नन्दीनी भट्टराईको नाममा दुई रोपनी ११ आना घुसवापत लिएको खुलेको थियो ।



    सोही कसुरमा यसअघि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । सम्बद्ध कसुरमा आयोगले सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान गर्न पाउने भएकाले त्यसको छुट्टै अनुसन्धान गरी मुद्दा दायर भएको हो ।

    गत चैतमा संशोधन भएको सम्पत्ति शुद्धीकरणसम्बन्धि ऐनले अख्तियार, प्रहरी लगायत निकायलाई सम्बद्ध कसुरमा आफैं अनुसन्धान गरी मुद्दा दायर गर्ने अधिकार दिएको हो ।

    यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्र मुद्दा दायर गर्न पाउथ्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार