Online Nepal
  • बुधबार, २ असोज २०८१
  • क्रिप्टो कारोबार गरेको आरोपमा कल सेन्टरका सञ्चालकसहित ५० जना पक्राउ

    क्रिप्टो कारोबार गरेको आरोपमा कल सेन्टरका सञ्चालकसहित ५० जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 183
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५० जनालाई पक्राउ गरेको छ ।

    सीआईबीले क्रिप्टो कारोबार गरेको आरोपमा ललितपुरको जावलाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।



    चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा छापा मारेर कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।



    उनीहरुले सञ्चालन गरेको कल सेन्टरमा क्रिप्टो कारोबार र ठगीधन्दा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    उनीहरूमाथि स्क्रिनिङ गरेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार