Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • गाजाको एक विद्यालयमा बम आक्रमण, १८ जनाको मृत्यु

    गाजाको एक विद्यालयमा बम आक्रमण, १८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 96
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजामा सञ्चालन गरेको एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको मृत्यु भएको छ ।

    मध्य गाजामा रहेको अल–जाउनी विद्यालयमा बम आक्रमण हुँदा राष्ट्रसङ्घका ६ जना कर्मचारीसहित १८ जनाको मृत्यु भएको हो ।



    घटना लगत्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्र सङ्घका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताए ।



    गाजामा इजरायलले आक्रमण शुरु गरेयता ११ महिनामा एउटै घटनामा सबैभन्दा धेरै राष्ट्रसङ्घका कर्मचारीको ज्यान गएको यो पहिलो घटना रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार