Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कलाकार रजनी गुरूङले ल्याइन ‘साँच्चै भन त’ [भिडियोसहित]

    कलाकार रजनी गुरूङले ल्याइन ‘साँच्चै भन त’ [भिडियोसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 369
    SHARES

    काठमाडौँ । अभिनेत्री तथा मोडल रजनी गुरूङको ‘साँच्चै भन त’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

    बुधबार उक्त भिडियोमा आफ्नै प्रस्तुती रहेको उनले ‘मंगली’ उपनामले समेत चिनिने आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन् ।



    गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडिमा रजनीसहित पल शाह र विजय पुनको अभिनय रहेको छ ।



    भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो । रजनीले केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

    ‘टलकजंग भर्सेस टुल्के, मट्टीमाला, साली कसको भेनाको, महाजात्रा’ इत्यादि उनी अभिनित फिल्महरू हुन् । कहाँको साइनो, सोल्टी बजारु आदि उनी अभिनीत चर्चित गीतमा पर्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार