Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कमजोर देखियो सरकारको क्रियाकलाप र माइलस्टोन !

कमजोर देखियो सरकारको क्रियाकलाप र माइलस्टोन !

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/८१ का लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१’ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये करिब ४२ प्रतिशत क्रियाकलाप र ४८ दशमलव पाँच प्रतिशत माइलस्टोन मात्रै सम्पन्न भएको देखिएको हो ।

“आर्थिक वर्ष २०८०/८१ का लागि विभिन्न २७ निकायहरुको कार्ययोजनामा समावेश भएका कूल एक हजार ६ सय क्रियाकलापमध्ये ४१ दशमलव सात प्रतिशत सम्पन्न भएका छन् ।

कूल तीन हजार ४२१ माइलस्टोनमध्ये ४८ दशमलव पाँच प्रतिशत सम्पन्न भएका छन् । ४० दशमलव पाँच प्रतिशत चालु अवस्थामा र ११ प्रतिशत सुरु हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077