Online Nepal
  • मंगलबार, १ असोज २०८१
  • माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

    माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 279
    SHARES

    विराटनगर ।‌ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् ।

    उनले विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाइ कार्कीले अनशन तोडेका हुन् ।



    उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएको छ । सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए ।



    पूर्वमुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए ।

    जनप्रिय कार्यक्रमहरू कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोशी प्रदेशसभानजिकै देवकोटा चोकमा आमरण अनशन सुरु गरेका थिए ।‌

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार