Online Nepal
  • मंगलबार, १ असोज २०८१
  • प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

    प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 348
    SHARES

    काठमाडौँ । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

    सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न आज साँझ बोलाएको बैठक स्थगित भएको हो ।



    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज बस्ने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जानकारी दिए ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार