Online Nepal
  • मंगलबार, १ असोज २०८१
  • देशभरका १०३ गाउँपालिकाले पाए नयाँ हाकिम !

    देशभरका १०३ गाउँपालिकाले पाए नयाँ हाकिम !

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 330
    SHARES

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०३ गाउँपालिकामा नयाँ हाकिम पठाएको छ ।

    हालै लोकसेवा आयोगबाट अधिकृत तह उत्तीर्ण गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिएका उनीहरूलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठायएको हो ।



    मन्त्रालयको प्रशासन महाशाखाले उनीहरूलाई काम गर्ने सरकारी निकाय रोजाएकोमा अधिकांशले स्थानीय तह रोजेका थिए । यो वर्ष लोकसेवाबाट १०७ जना पास भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोस्टिङ भएका छन् ।



    धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा नयाँ अधिकृतहरू गाउँपालिकामा पोस्टिङ भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार