Online Nepal
  • मंगलबार, १ असोज २०८१
  • उपसभामुखको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

    उपसभामुखको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 210
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

    उपसभामुखलाई हटाउने विषय चर्चामा रहेको भन्दै पार्टी उपसभामुखको पक्षमा उभिने निर्णय गरेको बताइएको छ ।



    प्रतिनिधि सभा बैठकमा सत्तारुढ सांसदहरुले उपसभामुख रानामगरले राजीनामा दिनुपर्ने बताइरहेका छन् ।



    सत्तारुढ दलहरुले उपसभामुख रानामगरको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने चेतावनी दिएका छन् ।

    त्यस्तै, आगामी मंसिरसम्ममा सातै प्रदेशमा अधिवेशन गरिसक्ने र असोज ५ गते बागमती प्रदेशको आयोजनामा काठमाडौँमा सन्देश सभा आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार