Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • ६० किलो सुन तस्करी प्रकरण : क्यासिनो वाल्डोका सञ्चालक पक्राउ

    ६० किलो सुन तस्करी प्रकरण : क्यासिनो वाल्डोका सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 735
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका वाल्डो क्यासिनोका सञ्चालक फ्लोरेन्स पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई क्यासिनोबाटै पक्राउ गरेको हो ।



    उनलाई पक्राउ गरी सीआईबीले जिल्ला अदालतमा बुझाएको बताइएको छ । अदालतमा उनको बयान भइरहेको छ ।



    सुन तस्करीको पैसा लुकाउन सो क्यासिनोलाई प्रयोग गरिएको दाबीसहित प्रहरीले क्यासिनोकी सञ्चालक हङकङकी टेरेन्स सेविरुद्ध मुद्दा दायर गरेको थियो ।

    सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका ६० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । दुई वर्ष अघि पनि सीआईबीले सो क्यासिनोमाथि छानबिन गरेको थियो । फ्लोरेन्सको सुन तस्करीमा संलग्न चिनियाँ तस्कर समूहसँग सम्बन्ध रहेको खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार