Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

बुधवार , भाद्र २६, २०८१

तनहुँ । मुग्लिङ-पोखरा सडक खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो ।

बस सडकको बीच भागबाट खहरे खोलामा धसिन पुगेको छ ।

घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077