Online Nepal
  • बुधबार, २ असोज २०८१
  • कानून कार्यान्वयनमा प्रहरीको ठूलो योगदान छ : गृहसचिव दुवाडी

    कानून कार्यान्वयनमा प्रहरीको ठूलो योगदान छ : गृहसचिव दुवाडी

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 351
    SHARES

    काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले कानून कार्यान्वयनमा नेपाल प्रहरीको ठुलो योगदान रहेको बताएका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै गृहसचिव दुवाडीले यस्तो बताएका हुन्। गृहसचिव दुवाडीले नेपाल प्रहरी गृह प्रशासन अन्तर्गतको महत्वपूर्ण अंग भएको बताए ।



    विभिन्न समस्या, सीमितता र चुनौतीहरूको बावजुद पनि नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ठुलो भुमिका खेलेको उनको भनाई छ ।



    नेपाल प्रहरीले परम्परागत पुलिसिङ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमहरूमा जोड दिनुपर्ने गृहसचिव दुवाडीले बताए ।

    उनले नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।

    गृहसचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक संगठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारीहरू इमानदार, व्यावासियक, दक्ष र कुशल हुनुपर्ने बताए ।

    प्रहरी संगठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थाका लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने गृहसचिव दुवाडीले बताए ।

    कार्यक्रममा गृहसचिव दुवाडीलाई आईजीपी बसन्तबहादुर कुँवर नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ प्रथम संशोधन,२०८०, आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०र०८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रहसम्बन्धी पुस्तक प्रदान गरेका थिए ।

    गृहसचिव दुवाडीलाई धन्यवाद ज्ञापन गर्दै कुँवरले नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही प्रहरी सेवालाई समय सापेक्ष बनाउने बताए ।

    आईजीपी कुँवरले प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा मन्त्रालयबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वाससमेत व्यक्त गरे।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

    गृहसचिव दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गरेका थिए ।

    गृहसचिव दुवाडीलाई आईजीपी कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार