Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मोरङमा करेन्ट लागेर श्रीमान - श्रीमतीको मृत्यु

मोरङमा करेन्ट लागेर श्रीमान - श्रीमतीको मृत्यु

बुधवार , भाद्र २६, २०८१

मोरङ । करेन्ट लागेर मोरङमा दुई जनाको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागे भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन्। भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो ।

करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077