Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अनलाइन नेपालमा प्रकाशित समाचारप्रति स्वास्थ्य सेवा विभागको असहमति

अनलाइन नेपालमा प्रकाशित समाचारप्रति स्वास्थ्य सेवा विभागको असहमति

बुधवार , भाद्र २६, २०८१

काठमाडौ । अनलाइननेपाल डटकममा प्रकाशित समाचारप्रति स्वास्थ्य सेवा विभागले असहमति जनाउँदै खण्डन गरेको छ ।

अनलाइननेपाल डटकमा मिति २०८१/५/१९ मा ‘स्वास्थ्य विभागका डीजी सरुवादेखि ठेक्कामा कमिसन उठाउन बिजी ,मन्त्री बेखबर’ शिर्षकमा प्रकाशित समाचारमा विभागले असहमति जनाएको हो ।

२५ गते मंगलबार अनलाइन नेपालको आधिकारीक इमेलमा खण्डन पत्र पठाउँदै समाचारका सम्बन्धमा स्वास्थ्य सेवा विभागको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

स्वास्थ्य सेवा विभाग टेकु, काठमाडौंका कर्मचारी प्रशासन शाखाका उपसचिव तथा सूचना अधिकारी भवनाथ खतिवडाले हस्ताक्षर गरेको पत्रमा विभागका महानिर्देशकको व्यक्तिगत कुरामा मानमर्दन हुने र नकारात्मक प्रचार गर्ने उद्देश्यले समाचार सम्प्रषण भएको दावी गरिएको छ ।

उक्त समाचार पत्रकार आचारसंहिता विपरित भएको दावी गर्दै खण्डन पत्रमा भनिएको छ–‘यस विभागको महानिर्देशकको व्यक्तिगत कुरामा मानमर्दन हुने नकारात्मक प्रचार गर्ने उद्देश्यले तहाँको अनलाईन पत्रिकामा सम्प्रेषण गरिरहेका यस्ता भ्रामक एवं नकारात्मक समाचारमा कुनै सत्यता छैन ।’

त्यसैगरी पत्रमा विभागबाट संचालन हुने कर्मचारी प्रशासन चुस्त दुरुस्त र पारदर्शी शैलीमा भईरहेको पनि उल्लेख गरिएको छ ।

प्रेस काउन्सिल नेपाललाई समेत बोधार्थ पठाइएको खण्डन पत्रमा भनिएको छ–‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट नागरिकलाई पुर्याउनु पर्ने न्यूनतम अत्यावस्यक स्वास्थ्य सेवा उपलब्धताका लागि आवस्यक गुणस्तरीय औषधि, खोप उपकरण लगायत अन्य स्वास्थ्य सामग्री नेपाल सरकारको नीति तथा कार्यक्रम, मन्त्रालयको विनियोजित बजेट स्वीकृत बजेटको सीमाभित्र रहि प्रचलित कानून विधि र प्रक्रिया अनुसार काम गर्दै आइरहेको र यहाबाट संचालन हुने कर्मचारी प्रशासन चुस्त दुरुस्त र पारदर्शी शैलीमा भईरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077