Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • वाइफाइ रिर्चाज सकिएको विषयमा विवाद हुँदा श्रीमतिको हत्या

    वाइफाइ रिर्चाज सकिएको विषयमा विवाद हुँदा श्रीमतिको हत्या

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 369
    SHARES

    फाइल तस्विर

    बारा। वाइफाइको रिर्चाज सकिएको विषयमा विवाद हुँदा बारामा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

    निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन् ।



    श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।



    श्रीमतीले वाइफाइमा रिचार्ज गर्न भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए।

    राईलाई बचाउन गएका दुई छोरीलाई समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन्।

    श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार