Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • चौरपाटी गाउँपालिकामा आज नयाँ हाकिम पठाइँदै, रोक्न चलखेल !

    चौरपाटी गाउँपालिकामा आज नयाँ हाकिम पठाइँदै, रोक्न चलखेल !

    एक सय शाखा अधिकृतहरु सरुवाको तयारी

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 837
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज अछामको चौरपाटी गाउँपालिकासहित एक सय वटा पालिकामा नयाँ हाकिम पठाउने भएको छ ।

    मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय गाउँपालिकाहरूमा आज शाखा अधिकृतहरुलाई सरुवा गरेर पठाउन लागेको हो ।



    सामान्यले बुधवार एकै पटक सय शाखा अधिकृतको सरुवा गर्दै रिक्त रहेका ती गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी गरेको बताइएको छ ।



    विभिन्न गाउँपालिकामा रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति गर्ने गरी १ सय जना शाखा अधिकृतको सरुवा टिप्पणी तयार भइसकेको स्रोतले बतायो ।

    सो सरुवा टिप्पणीमा मन्त्रालयका सचिव भरतमणि सुवेदीले आज सदर गरेसँगै १ सय रिक्त गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउने छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइनेमा चौरपाटी गाउँपालिका पनि रहेको छ ।

    त्यहाँ अहिले निमित्तको भरमा पालिका चलेको छ । मन्त्रालयले चौरपाटीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा विभाकर मिश्रलाई खटाउने तयारी गरेको छ । तर उनलाई पालिकामा आउन नदिन चलखेल सुरु भइसकेको पनि स्रोत बताउँछ ।

    हाल चौरपाटीमा निमित्तको रुपमा धन बहादुर थापा काम गर्दै आएका छन् । उनी लामो समयदेखि पालिकामा निमित्तको रुपमा काम गरिरहेका छन् । गत वर्ष सरुवा भएर आएका नयाँ हाकिमलाई एक महिना नपुग्दै सरुवा गरिएको थियो ।

    अझै पनि नयाँ हाकिम कति दिन टिक्छन् त्यो भने हेर्न बाँकी छ । यहाँ लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका छन् ।

    यस्तै अछामका बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खटाइने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार