Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चौरपाटी गाउँपालिकामा आज नयाँ हाकिम पठाइँदै, रोक्न चलखेल !

चौरपाटी गाउँपालिकामा आज नयाँ हाकिम पठाइँदै, रोक्न चलखेल !

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज अछामको चौरपाटी गाउँपालिकासहित एक सय वटा पालिकामा नयाँ हाकिम पठाउने भएको छ ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय गाउँपालिकाहरूमा आज शाखा अधिकृतहरुलाई सरुवा गरेर पठाउन लागेको हो ।

सामान्यले बुधवार एकै पटक सय शाखा अधिकृतको सरुवा गर्दै रिक्त रहेका ती गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी गरेको बताइएको छ ।

विभिन्न गाउँपालिकामा रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति गर्ने गरी १ सय जना शाखा अधिकृतको सरुवा टिप्पणी तयार भइसकेको स्रोतले बतायो ।

सो सरुवा टिप्पणीमा मन्त्रालयका सचिव भरतमणि सुवेदीले आज सदर गरेसँगै १ सय रिक्त गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउने छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइनेमा चौरपाटी गाउँपालिका पनि रहेको छ ।

त्यहाँ अहिले निमित्तको भरमा पालिका चलेको छ । मन्त्रालयले चौरपाटीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा विभाकर मिश्रलाई खटाउने तयारी गरेको छ । तर उनलाई पालिकामा आउन नदिन चलखेल सुरु भइसकेको पनि स्रोत बताउँछ ।

हाल चौरपाटीमा निमित्तको रुपमा धन बहादुर थापा काम गर्दै आएका छन् । उनी लामो समयदेखि पालिकामा निमित्तको रुपमा काम गरिरहेका छन् । गत वर्ष सरुवा भएर आएका नयाँ हाकिमलाई एक महिना नपुग्दै सरुवा गरिएको थियो ।

अझै पनि नयाँ हाकिम कति दिन टिक्छन् त्यो भने हेर्न बाँकी छ । यहाँ लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका छन् ।

यस्तै अछामका बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खटाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077