Online Nepal
  • बुधबार, २ असोज २०८१
  • प्रधानमन्त्री ओलीप्रति बालेनको व्यङ्ग – उहिलै मरिन् सासु, अहिले आए आँशु !

    प्रधानमन्त्री ओलीप्रति बालेनको व्यङ्ग – उहिलै मरिन् सासु, अहिले आए आँशु !

    अहिले अर्कै दाउ हो ?

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 207
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति फेरि आक्रोश व्यक्त गरेका छन् ।

    बुधबार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेन आफू महानगरको मेयर नहुँदै अदालतले गरेको फैसलामा किन पुनरावेदन नगरेको भन्दै प्रश्न उठाएका हुन् ।



    उनले त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको, वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य मेयर रहेको बेला अदालतले काठमाडौंका नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनेको स्पष्ट पारेका छन् ।



    “त्यो बेला किन पुनरावेदनमा गएनन् ?,” बालेनको प्रश्न छ, “कि भन्नुपर्‍यो त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्नुपर्‍यो अहिले हाम्रो दाउ अर्कै छ ।”

    यस्तै उनले थप लेखेका छन्, ‘प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार