Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रहरीको नियन्त्रणबाट छुटेका पूर्वमुख्यमन्त्री कार्की फेरि बसे अनशन

प्रहरीको नियन्त्रणबाट छुटेका पूर्वमुख्यमन्त्री कार्की फेरि बसे अनशन

मंगलवार , भाद्र २५, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की फेरि आमरण अनशनमा बसेका छन् ।

प्रहरीले कार्कीलाई अनसनस्थलबाट उठाएर उनकै निजी निवासमा छाडेको थियो । तर उनी प्रहरीले निवास छाडे लगत्तै फर्किएर पुनः अनशन बसेका हुन् ।

आजै अपराह्नदेखि कार्कीले कोशी प्रदेशसभा सचिवालय पूर्वपट्टीको वनसखण्डी मन्दिर अगाडि अनशन थालेका थिए । तर, साँझ निषेधित क्षेत्रभित्र अनशन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनलाई प्रहरी भ्यानमा राखेर कार्की निवास टंकीसिनवारी छाडिएको थियो । लगत्तै सहयोगीहरूका साथ फर्किएर अनशन सुरु गरेका छन् ।

तर प्रदर्शनस्थलबाट नियन्त्रणमा लिइएका बाँकी १५ जनालाई भने प्रहरी कार्यालयमै राखिएको छ। प्रहरी र कार्कीका समर्थकबीच केही समय घम्साघम्सी पनि चलेको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077