Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • प्रहरीको नियन्त्रणबाट छुटेका पूर्वमुख्यमन्त्री कार्की फेरि बसे अनशन

    प्रहरीको नियन्त्रणबाट छुटेका पूर्वमुख्यमन्त्री कार्की फेरि बसे अनशन

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 333
    SHARES

    विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की फेरि आमरण अनशनमा बसेका छन् ।

    प्रहरीले कार्कीलाई अनसनस्थलबाट उठाएर उनकै निजी निवासमा छाडेको थियो । तर उनी प्रहरीले निवास छाडे लगत्तै फर्किएर पुनः अनशन बसेका हुन् ।



    आजै अपराह्नदेखि कार्कीले कोशी प्रदेशसभा सचिवालय पूर्वपट्टीको वनसखण्डी मन्दिर अगाडि अनशन थालेका थिए । तर, साँझ निषेधित क्षेत्रभित्र अनशन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।



    उनलाई प्रहरी भ्यानमा राखेर कार्की निवास टंकीसिनवारी छाडिएको थियो । लगत्तै सहयोगीहरूका साथ फर्किएर अनशन सुरु गरेका छन् ।

    तर प्रदर्शनस्थलबाट नियन्त्रणमा लिइएका बाँकी १५ जनालाई भने प्रहरी कार्यालयमै राखिएको छ। प्रहरी र कार्कीका समर्थकबीच केही समय घम्साघम्सी पनि चलेको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार