Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा आर्मीले हान्यो १४ गोल

    एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा आर्मीले हान्यो १४ गोल

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 297
    SHARES

    काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको निराशाजनक प्रदर्शनले जारी छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेश त्रिभुवन आर्मी क्लबसँग १४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।



    आर्मीका लागि दिपा शाहीले एक्लैले पाँच गोल गरिन्। त्यस्तै अनिता लम्जेलले दुई गोल गर्दा बिमला चौधरी, हिमा चौधरी, शान्ति बिक, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्री देवी मगरले १–१ गोल गरिन् ।



    सुदूरपश्चिमका लागि निलम सिंह एकमात्र गोल गरिन् । सुदूरपश्चिमले पहिलो खेलमा बागमती युथ क्लबसँग ५–१ को फराकिलो हाल व्यहोरेको थियो भने अर्को खेलमा पुलिस क्लबसँग ९–० को अन्तरले पराजित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार