Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • प्यालेस्टिनी क्षेत्रमा इजरायली हमलाः ४० जनाको मृत्यु, ६० घाइते

    प्यालेस्टिनी क्षेत्रमा इजरायली हमलाः ४० जनाको मृत्यु, ६० घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 165
    SHARES

    एजेन्सी । प्यालेस्टिनी क्षेत्रको दक्षिणमा रहेको मानव बस्तीमा मङ्लबार भएको इजरायली हमलामा ४० जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।

    उक्त क्षेत्रमा भएको हमास कमान्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।



    अन्य क्षेत्रमा आक्रमणपछि गाजाको दक्षिणी शहर खान युनिसको अल–मवासीमा दशौं हजार विस्थापित प्यालेस्टिनीले शरण लिएका थिए ।



    यद्यपि, इजरायली सेनाले यस क्षेत्र वरपर पनि अपरेसन जारी गरेको छ ।  जुलाईमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसहित ९० जनाभन्दा बढी मानिस मारिएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

    गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघाइरले आक्रमणमा मृत्यु तथा घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताएका छन् ।  

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार