Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सहकारी ठगीबारे कांग्रेस उपसभापति गुरुङमाथि पनि छानबिन हुनुपर्छ : गगन थापा

    सहकारी ठगीबारे कांग्रेस उपसभापति गुरुङमाथि पनि छानबिन हुनुपर्छ : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 264
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुनुपर्ने बताएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको महामन्त्री थापाको भनाई छ ।



    उनले उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने बताए।

    गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने महामन्त्री थापाले बताए ।

    कुनै पनि प्रकरणमा कानुनको उलंङ्घन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको महामन्त्री थापाको भनाई छ ।

    उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार