Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सुरक्षा परिषद्‍को प्रतिवेदन पेश

    राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सुरक्षा परिषद्‍को प्रतिवेदन पेश

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 558
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

    राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्।



    नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीले परिषद्को आर्थिक वर्षका २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरे।



    प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रियरक्षेत्रीयरअन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए।

    उनले प्रतिवेदनमाथि सङ्घीय संसदबाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट गरे।

    कार्यक्रममा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षा मन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार