Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पूर्वमुख्यमन्त्री कार्कीले अनशन बस्ने क्षेत्रलाई तोकियो निषेधित क्षेत्र

    पूर्वमुख्यमन्त्री कार्कीले अनशन बस्ने क्षेत्रलाई तोकियो निषेधित क्षेत्र

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 174
    SHARES

    विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

    पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश सरकारविरूद्ध अनसन बस्ने घोषणा गरेपछि स्थानीय प्रशासनले विराटनगरका केही क्षेत्रलाई निधेषित क्षेत्र घोषणा गरेको हो।



    पूर्वमुख्यमन्त्री कार्कीले आज दिउँसो ४ बजे प्रदेशसभा सचिवालय परिसरमा अनशन बस्ने घोषणा गरेका थिए ।



    प्रदेशसभा सचिवालय आसपास देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय आसपास, मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास आसपास ३०० मिटर र जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    आफ्नो कार्यकालमा लागू गरिएका केही कल्याणकारी योजना वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाइदिएको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले विरोध जनाउदैँ आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार