Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

वैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीले भने - देशका लागि नयाँ अनुसन्धान गरेर योगदान गर्नुस्

वैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीले भने - देशका लागि नयाँ अनुसन्धान गरेर योगदान गर्नुस्

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कारमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४७ औँ प्राज्ञसभामा बोल्दै नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गरे।

उनले तरकारी र उत्पादनमा विषादीयुक्त किटाणु कसरी रोक्ने र चाहिने किटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रशासनिकरुपमा मुलुकमा सुशासन कायम गर्ने कामको नेतृत्व आफू गर्ने बताउँदै प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान दिन आग्रह गरे।

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077