Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • एमालेका सांसदले मागे उपसभामुख रानाको राजीनामा

    एमालेका सांसदले मागे उपसभामुख रानाको राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 228
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले उपसभामुख इन्दिरा राना मगरको राजिनामा मागेका छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद सूर्यप्रसाद ढकालले उपसभामुख रानाको राजिनामा मागेका हुन्।



    उनले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे ।



    यस अगाडि सांसदहरुले उपसभामुख रानाले आचरण विपरीत काम गर्दै आएको प्रश्न संसद बैठकमै उठाएका थिए।

    राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध मानव तस्करी गर्न सघाएको भन्दै उजुरी परेको छ।

    यस अगाडि पनि उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको उजुरी परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार