Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • रास्वपाका प्रमुख सचेतक परियारले भने – उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन

    रास्वपाका प्रमुख सचेतक परियारले भने – उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 198
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने बताएका छन् ।

    प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन्। उनले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताए।



    राजनीतिक पार्टीहरूबीच सल्लाह भएर उपसभामुखमाथि महाभियोग लगाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने सांसद परियारको भनाई छ।



    प्रमुख सचेतक परियारले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए।

    संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा उससभामुखलाई पदबाट हटाउन दलहरू लागेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार