Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पोखरामा सहकारी पीडितहरुले देखाए रविलाई कालो झण्डा

पोखरामा सहकारी पीडितहरुले देखाए रविलाई कालो झण्डा

मंगलवार , भाद्र २५, २०८१

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी पीडितहरुले कालो झण्डा देखाएका छन् ।

पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पीडितहरुले कालो झण्डा देखाएका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले कालो झण्डा देखाएका थिए ।

बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन्।

सहकारी पीडितहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077