Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कारबाही गरेर देखाउन एमालेलाई भीम रावलको चुनौती

    कारबाही गरेर देखाउन एमालेलाई भीम रावलको चुनौती

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 348
    SHARES

    अछाम । नेकपा एमालेका नेता भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन्।

    अछाममा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले फरक मत राखेकै कारण कारबाही गरेर देखाउन चुनौती दिएका हुन् ।



    देश, जनता र पार्टीले लिएको नीतिका पक्षमा आफू दृढतापूर्वक खडा भएको नेता रावलको भनाई छ ।



    नेता रावलले भने, ‘विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण कारबाही गरिन्छ भने गरेर देखाउन ठाडो चुनौतीदिन्छु । पार्टीले यो चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि नै चालौँला।’

    देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक उभिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार