Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आईसीसी लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

    आईसीसी लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 252
    SHARES

    काठमाडौं । आईसीसी लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

    नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो।



    नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ। क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ।



    लिग-२ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ।

    २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपाल लिग-२ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार