Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पनौतीमा एक महिला मृत अवस्थामा फेला

पनौतीमा एक महिला मृत अवस्थामा फेला

मंगलवार , भाद्र २५, २०८१

काभ्रे । काभ्रेको पनौतीमा खेतको आलीछेउमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

मंगलबार बिहान ६ः१५ बजेतिर काभ्रेको पनौती नगरपालिका वडा नम्बर– ४ स्थित दूधमिल पछाडि खेतको आलीछेउमा एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिका वडा नं ११ का सल्ले घर भई हाल जिल्ला काभ्रे पनौती नगरपालिका वडा नम्बर–४ कुमारी बैंक पछाडि डेरा गरी बस्ने अन्दाजी वर्ष ३५/४० की शान्ति तामाङको शव रहेको भनी उनका छोरा वर्ष १५ को सञ्जय तामाङले जानकारी गराएका थिए ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077