Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पनौतीमा एक महिला मृत अवस्थामा फेला

    पनौतीमा एक महिला मृत अवस्थामा फेला

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 135
    SHARES

    फाइल फोटो

    काभ्रे । काभ्रेको पनौतीमा खेतको आलीछेउमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

    मंगलबार बिहान ६ः१५ बजेतिर काभ्रेको पनौती नगरपालिका वडा नम्बर– ४ स्थित दूधमिल पछाडि खेतको आलीछेउमा एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।



    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिका वडा नं ११ का सल्ले घर भई हाल जिल्ला काभ्रे पनौती नगरपालिका वडा नम्बर–४ कुमारी बैंक पछाडि डेरा गरी बस्ने अन्दाजी वर्ष ३५/४० की शान्ति तामाङको शव रहेको भनी उनका छोरा वर्ष १५ को सञ्जय तामाङले जानकारी गराएका थिए ।



    उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार