Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कांग्रेस नेता धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिए

    कांग्रेस नेता धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिए

    अनलाइन नेपाल
  • सोमबार, २४ भाद्र २०८१
  • 933
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिएका छन् ।

    उनीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा उजुरी परेको छ ।



    ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका हुन् ।



    ज्योति हाल फरार छिन् । ठगीमा मुछिएपछि कानूनी रुपमा उनीहरुले सम्बन्ध बिच्छेद गराएका छन् । नेपाल छाडेर उनी भागेकी छिन् ।

    सो सहकारीको उनले १५ करोड रुपैयाँ हिनामिना गरेको अहिलेका सञ्चालकहरुको दाबी छ । आफु पनि यसमा फस्ने भएपछि धनराजले हतार हतार कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेको स्रोत बताउँछ ।

    यद्यपी उनले नै श्रीमतीलाई विदेश पठाएको बताइन्छ । सो विषयमा सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार