Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

    सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ भाद्र २०८१
  • 243
    SHARES

    फाइल तस्विर

    मुग्लिन । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१५ का ३४ वर्षीय जीवन मग्राती रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६-००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका-३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर-१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए ।



    घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए।



    ठक्कर दिने कन्टेनर र चालक बाराको गडीमाई नगरपालिका-५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार