Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • न्यूनतम साझा कार्यक्रम बनाउन सरकारले गठन गर्‍यो चार सदस्यीय कार्यदल

    न्यूनतम साझा कार्यक्रम बनाउन सरकारले गठन गर्‍यो चार सदस्यीय कार्यदल

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 549
    SHARES

    काठमाडौँ । कांग्रेस र एमाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

    आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले कार्यदल गठन गरेको हो ।



    सरकार गठन भएको लामो समय बितिसक्दा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक नगरिएको भन्दै प्रश्न उठ्न थालेपछि कांग्रेस-एमालेले बल्ल न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न लागेका हुन् । सदस्यको नाम भनेखुलाइएको छैन् ।



    आइतबार साँझ प्रधानमन्त्रीको निवासमा बसेको बैठकमा प्रधानमन्त्री ओली र देउवासहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार