Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • हवाई दुर्घटनाका सबै प्रतिवेदन अध्ययन गर्न समिति बनाइने

    हवाई दुर्घटनाका सबै प्रतिवेदन अध्ययन गर्न समिति बनाइने

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 162
    SHARES

    काठमाडौँ । सरकारले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने भएको छ ।

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झनामा आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आइतबार यसबारे जानकारी गराएका हुन्।



    उनले न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन बताए ।



    सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सत्यतथ्य नजिक पुगेको पनि मन्त्री पाण्डेको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार