काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल भएको हो।
उनीहरुबीच कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताईएको छ । यसअघि कांग्रेस र एमालेले लामो छलफलपछि गण्डकी प्रदेश सरकार गठनको प्रक्रिया टुंग्याएका थिए ।
तर, कोशीमा भागबन्डा नमिल्दा कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई आफ्नो भागमा परेको चारजना मन्त्रीको नाम दिएको छैन।
पार्टीभित्रका समूहको भागवण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन सकेको छैन । कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो ।
Leave a Reply