Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

    लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 216
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन्।

    लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि केसीले गाडी फिर्ता गरेका हुन् ।



    पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता भएको हो ।



    भदौ २० गते बिहीबार मुख्यमन्त्री कार्यालयमा चालकमार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेका हुन् ।

    भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार